सिके राउत र बाबुराम भट्टराईको भित्री साँठगाठ: राउत लाई घरमै बोलायर के सल्लाह गरे बाबुरामले?

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सिके राउतलाई आफ्नै निवासमा बोलाएर दुई साता अघि कुराकानी गरेका छन् ।


आजको तरुण साप्ताहिकमा खबर छ–तराईमा सिके राउतको गतिविधि बढिरहेको र प्रहरी प्रशासनले उनलाई केही गर्न नसकेको निष्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएकै साता भट्टराईले राउतलाई भेटेका हुन् ।

image

एमाओवादी प्रवक्ता दिनानाथ शर्माका ज्वाइँ शुभशंकर कँडेलको टेलिभिजन एबीसीमा अन्तर्वार्ता दिएकै दिन राउतले नयाँ शक्ति नेपालका संयोजक भट्टराईलाई सानेपास्थित उनकै निवासमा गएर भेटेका हुन् । राउतले भट्टराई निवासमा राती एक घण्टा बिताएको रिपोर्ट प्रधानमन्त्री केपी ओलीकहाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस