हैट र मंगलीको मस्ती (भिडियो)
‘हैट’ उर्फ ‘बुद्धि तामाङ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘र्याफ्टिङ चढेर’ बोलको गितमा ‘बुद्धि तामाङ’ र ‘रजनी गुरुङ’को जोडी बाँधिका छन् । ‘नविन गुरुङ’द्धारा निर्देशित उक्त भिडियोमा ‘किरण भण्डारी’को शब्द र संगीत रहेको छ । भने, भोकल ‘विकाश उप्रेती’ले दिएका छन् । भिडियो गोरखाको छेपेटारमा छायांकन गरिएको हुन् ।
‘कबड्डी’ फिल्मबाट ‘हैट’ थेगोले चर्चा कमाएका तामाङ एक दशक देखि निरन्तर कलाकारिता क्षेत्रामा छन् । अभिनेता तामाङ मण्डला थिएटरमा पनि संलग्न छन् । नाटकमा राम्रो दखलता भएका कलाकार हुन् । तामाङले अभिनय गरेका ‘कबड्डी’ र त्यसकै सिक्वेलमा बनेको ‘कबड्डी कबड्डी’ हिट फिल्म भएका छन् ।

