मदिरा सेवनका कारण गम्भीर दुर्घटना, एक १ को मृत्यु, २ घाइते
काठमाडौं, १८ जेठ । भक्तपुरमा तीन जना सवार रहेको बा ७४ प ५२४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । bhannभक्तपुरको मध्यपुर ठिमी नगरपालिका– १६ स्थित लोकन्थलीमा आज बिहान साढे एक बजे दुर्घटना हुँदा ठिमी– ९ का २८ वर्षीय मोटरसाइकल चालक सुरेन्द्र श्रेष्ठकोे उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार ठिमी– ८ का संजय श्रेष्ठ र मुकेश श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको पनि नागरिक अस्पतालमै उपचार भइरहेको छ । उक्त सवारी दुर्घटनाका सबैले मादक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

