समाजसेवी रेखा जसले दुःखीलाई हाँसो दिंदै आँसु पुछिदिइन्
यस्तै भूकम्पबाट प्रभावित रंग पत्रकारलाई पनि रेखाले आर्थिक सहयोग गरेकी थिइन् भने धुर्मुस र सुन्तलीले भूकम्प प्रभावित सिन्धुपाल्चोकको गिरान्चौर बस्ती पुर्ननिर्माणका लागि आर्थिक सहयोगको सुरुवात पनि रेखाले गरेकी हुन् । धुर्मुस र सुन्तलीलाई रेखाले एक लाख सहयोग गरेकी थिइन् ।
आर्थिकसँगै रेखा थापाले पिडितलाई हिम्मत दिदै आइरहेकी छिन् । आफ्नै बुवा र हजुरबुवाबाट बलात्कारमा परेका दुई पूजा हुन् या चपुरका युवती तथा सोझा महिला ? रेखाले फिल्म र फिल्म बाहिरबाट हिम्मत बाँड्दै आइरहेकी छिन् । सायद यसकै मूल्याकंन हुनुपर्छ, राष्ट्रपतीबाट रेखालाई दिइएको गरिमामय प्रवल जनसेवश्री सम्मान । यो सम्मानले रेखालाई अझ अगाडी बढ्ने हिम्मत मिलोस् हाम्रो कामना !

