तपाईको आजको राशिफल: वि.सं. २०७३ साल जेठ १७ गते। सोमबार इश्वी सन् २०१६ मे ३० तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हो, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा समेत बेफाइदा नै हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । आज स्वाद र बोलीवचनमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र पाचनप्रणालीमा गडबडी हुनसक्छ वा सम्मान दिनुपर्ने व्यक्तिसित मुखामुख हुनसक्छ । तपाईंको बौद्धिक चिन्तन वा विचारको आलोचना हुनसक्छ । खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । सहयोगीहरू टाढिन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । बोलीमा अंकुश लगाएको नै बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस