गोरखामै भर्खरै फेरी अर्को शक्तिशाली भुकम्प, तीनजना घाईते, विद्यालय बन्दको घोषणा ! क्षतिको विवरण आउँदै बाँकी पुरा पढ्नुहोस
भूकम्पको त्रास भुल्दै गएका जिल्लाबासीलाई बुधबार दिउँसो गएको ४.५ रेक्टरस्केलको पराकम्पले पुन: त्रसित बनाएको छ ।
सदरमुकाम नजिकै ताप्ले आसपास केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ३७ मिनेटमा गएको भूकम्पको ठूलै धक्का महशुस भएपछि घर, कार्यालय भित्र रहेका मानिसहरु र विद्यालयका विद्यार्थीहरु बाहिर निस्केर भागदौड गरेका थिए । पराकम्पपछि विद्यालयहरु बन्द गरिएको थियो ।
विद्यालय बन्द भएपछि विद्यार्थीहरु पढाई नै छाडेर घर फर्केका थिए । भागदौडका क्रममा घाइते भएका तीनजनाको गोरखा अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।
शक्ति उमाविका कक्षा १० मा अध्ययनरत गणेश गुरुङको भागदौडको क्रममा खुट्टा भाँचिएको छ । कम्पन हुन थालेपछि उनी विद्यालय छतबाट हामफालेको थिए । झ्यालको सिसा झरेर खोप्लाङ गाविसका अशोक पोखरेलको खुट्टा काटेको छ ।
बिहान ७ बजेर ४ मिनेट धादिङको मार्पक गाविस भएर पनि ४.४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त पराकम्पको पनि झट्का गोरखामा महशुस भएको थियो । बिहानको कम्पनका कारण कक्षा १२ को परिक्षा दिन हल भित्र पसेका विद्यार्थी पनि बाहिर निस्केका थिए ।


