जहाजको शौचालयमा एक किलो सुन !
एजेन्सी: स्पाइसजेट जहाजको शौचालयबाट एक किलो सुन बरामद गरिएको छ। दुबईबाट कोच्चि आउँदै गरेको एसजी-१८ जहाजको शौचालयमा सुन भेटिएको हो। शौचालयमा सुन भेटिएपछि जहाजमा सवार एक यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले उक्त सुनलाई पत्रिकामा बेरेर जहाजको शौचालयमा राखेका थिए। जहाज अवतरण गर्नेबित्तिकै यात्रुले दौडेर सबैभन्दा पहिला शौचालयमा गएपछि चालक दलका सदस्यले उनीमाथि शंका गर्दै चेकजाँच गरेका थिए। चेक-जाँचका क्रममा उनले पत्रिकामा लुकाएर राखेको एक किलो सुन शौचालयको टिस्यू बक्समा झुन्ड्याएर राखेको अवस्थामा सुन बरामद गरिएको थियो। यात्रुलाई प्रहरीको जिम्मा लगाइएको छ भने उक्त सुन विमानस्थलका अधिकारीलाई बुजाइएको छ।

