राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्य नाजुग (भिडियो)

ताजाखबर। नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्य नाजुग भएको छ । ७९ वर्षीय अम्बर गुरुङ्ग यतिबेला ग्राण्डी अस्पतालको बेडमा छन् । उनलाई भेन्टिलेटरमा राखिएको छ । डाक्टरहरुले उनको अवस्था ‘चिन्ताजनक तर स्थिर’ रहेको बताएका छन् ।


ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई गत शनिबार अस्पताल पुर्‍याईएको थियो । गुरुङ् एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको बताईएको छ ।

थप जानकारी भिडियोमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस