नक्कली पाइलट जेल चलान
काठमाडौं, २५ जेठ । नक्कली शैक्षिक प्रमाणपत्रकारी पाइलट जेल चलान भएका छन्। तर, नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन् । एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो ।
मुद्दा चलाइएका १० इन्जिनियर ९ हजार धरौटीमा छुटेका छन् । पाइलट विशाल कार्की भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
नक्कली पाइलटविरुद्ध सीता एयरले समेत गठीको उजुरी दिएको थियो । नागरिक उड्ययन प्राधिकरणले पनि कारबाहीका लागि निवेदन दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तर, नक्कली इन्जिनियरविरुद्ध जाहेरी नै परेन । इन्जिनियरिङ काउन्सिल तथा सम्बन्धित कलेजले उनीहरुविरुद्ध जाहेरी नदिँदा इन्जिनियरहरुको मुद्दा कमजोर बनेको हो ।