रेल मात्र होईन एक अर्ब रुपैयाँ बराबरको उपभोग्य सामाग्री केरुङ आइपुग्यो

नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ । नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको छ ।






नेपालका लागि ल्हासाबाट चिनियाँ भू–भागको ढुवानी गर्ने जिम्मा लिएको सो ट्रान्सपोर्टका कम्पनीका प्रबन्धक स्याङ् सेपिङले ढुवानी कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका कारण रसुवागढी नाकाबाट निर्बाधरुमपा समान आउने सचिव पौडेलले बताए ।

यस्तै, चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ लिन आज बिहान १८ वटा ट्याङ्कर केरुङतर्फ प्रस्थान गरेका छन् । गत १४ गतेदेखि यता ३७ वटा ट्याङ्करले ल्याएको पेट्रोल केन्द्रीय भण्डारणमा जम्मा भइसकेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाले जनाएको छ । रासस

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस