घट्यो लोडसेडिङ, अब सातामा ६६ घन्टा मात्रै बत्ती जाने (तालिकासहित)
काठमाडौं, २४ जेठ- लोडसेडिङ्ग घटेको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुनेगरी लोडसेडिङ्ग घटाएको हो । नयाँ तालिका अनुसार अब सातामा ६६ घन्टा विद्युत आउने छैन । अब हप्तामा २ दिन १० घण्टा, २ दिन साढे ९ घण्टा, २ दिन ९ घण्टा र एक दिन ८ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।