हिउँद र वर्षा समेत काटिसकेका भूकम्पपीडितको दर्दनाक पिडा समेत बुझ्न सकेन सरकारले : राणा

वीरेन्द्रनगर, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले सरकारले प्रस्तुत गरेको आव २०७३÷०७४ को बजेटमा जनताका आवश्यकता सम्बोधन हुन नसकेको बताउनुभएको छ ।



वीरेन्द्रनगरमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले बजेट एकातिर र आवश्यकता अर्को तिर भएकाले बजेटले धेरैजस्तो आवश्यकता पूरा गर्न नसक्ने दाबी गर्नुभयो ।

राप्रपाका पूर्वअध्यक्ष राणाले सरकारको अनियन्त्रित कार्यशैलीका कारण कालोबजारी मौलाएको आरोप लगाउनुभयो । एक हिउँद र एक वर्षात काटिसकेका भूकम्पपीडितलाई अर्को वर्षात पनि सङ्कटमा राख्न नहुने भन्दै उहाँले तत्काल पुनःर्निमाणका कामलाई अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो । उहाँले दुई वर्षदेखि पालमा कष्टकर जीवन बिताइरहेका सुर्खेतका बाढीपीडितको तत्काल व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस