खुसी मुद्रामा गम्भीर हुँदै सभामुखले भने-नेपालीको सपना पुरा भयो
काठमडौँ : संविधानससंविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।
संविधान पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको सहभागितामा लामो समयदेखिको चाहना र भावनाका साथ संविधानसभाबाट संविधान बन्ने सपनाले मूर्तरुप लिएको बताउँदै यसमा सबैको योगदान रहेको बताए ।
हर्षित र गम्भीर मुद्रामा प्रस्तुत भएका अध्यक्ष नेम्वाङले यो संविधान हालसम्मकै प्रगतिशील र लोकतान्त्रिक भएको उल्लेख गरे।

