असोज २२ गतेसम्म ओली प्रधानमन्त्री बन्लान् ?

काठमाडौं । राष्ट्रपतिले असोज १५ गतेका लागि व्यवस्थापिका संसद अधिवेशन डाकिसकेको अवस्थामा संविधानअनुसार असोज २२ गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाउनेछ ।
संविधानको धारा २९८ अनुसार संसद अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।
यदि सात दिनभित्र राजनीतिक सहमति नभएमा व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
यदि दलहरुबीच सहमति नभएमा बहुमतीय प्रक्रिया शुरु हुनेछ र प्रधानमन्त्री बन्ने व्यक्तिले संसदमा कम्तिमा २ सय ९९ मत पाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस