नेपालको संविधान भारतको भन्दा उच्चकोटीको भएकोले भारतलाई सही नसक्नुभएको हो’

९ असोज, काठमाडौं ।

एकीकृत नेकपा माओवादीले नेपालको नयाँ संविधानलाई भारतले समर्थन नगर्नुको कारण आफ्नो भन्दा नेपालको संविधान उच्चकोटीको रहेकाले सही नसक्नुभएको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता दीनानाथ शर्माले नेपालको संविधान संशोधन हुनुपर्छ भनी आएका खबरहरु साँचो भएको बताए ।


उनले भारतको भन्दा चौगुना राम्रो र प्रगतिशिल संविधान नेपालमा बनेकाले भारतले निहुँ खोजिरहेको दाबी गरे । भारतको पछिल्लो रवैयाले मधेसवादी दलसँग अन्य पार्टीको सम्बन्ध चिसिएको बताउँदै एमाओवादीले मधेसवादी दलहरुलाई पनि आफ्नो आन्तरिक समस्या दिल्लीको टेबुलमा गएर नराखी राजधानीमा आएर बार्तागरी सहमतिमा आउन आग्रह गरेको छ ।



यद्यपी, एमाओवादीले नेपालमा दलहरुबीच एकता नहुनुको फाइदा भारतले उठाइरहेको दाबी गर्दै दलहरुबीच एकता आवश्यक रहेको बताएको छ । एमाओवादीले भारतले नेपालको संविधानमा मधेसवादीको मुद्दा नउठाएको बहानामा अघोषित नाकाबन्दी गरिरहेकोले राज्यले विकल्प खोज्नसक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस