पार्टीबाट राजीनामा दिएको भोलीपल्टै डा बाबुराम भट्टराइमाथी आक्रमण
काठमाडौं, ९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो चार दशक राजनीतिक यात्रालाई स्थगित गर्दै शनिबार एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरे । उनी सो पार्टीका उपाध्यक्ष थिए ।
उनको पार्टी परित्यागको समाचार बाहिर आएसँगै सामाजिक सञ्जाल फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले डा. भट्टराईको कडा आलोचना गर्दै खनिएका छन्
काठमाडौं, ९ असोज । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको सबै जिम्मेवारी परित्याग गरेको र व्यवस्थापिका–संसद्को सदस्यसमेत नरहेको घोषणा बाबुरामले गरेका हुन् ।
विगत ४० वर्षदेखि नेपालको राजनीतिमा आफू क्रियाशील रहेको र सधैँ सक्रिय राजनीतिमा रहनुपर्छ भन्ने नलागेर तत्कालका लागि स्वतन्त्र नागरिकको रुपमा रहने र आगामी दिनमा सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
बाबुरामले पार्टी परित्याग गरेसँगै उनको विरोध सुरु भएको छ । सामाजिक सञ्जाल, चोक चोकमा बाबुरामको अलोचना र विरोध सुरु भएको छ । भारतपरस्तको आरोप खेप्दै आएका बाबुरामलाई अधिकांशले सामाजिक सञ्जालमा देश छाड्न समेत आग्रह गरेका छन् । ‘पार्टी छाड्यौ, संसद छाड्यौ अब नागरिकता पनि परित्याग गर’ भन्ने सन्देश लेख्दै धेरैले बाबुराममाथि नकारात्मक टिप्पणी गरिरहेका छन् ।
फेसबुकमा गणेश आचार्य लेख्छन्- ‘कमरेड बाबुराम पार्टी र संसद मात्रै होइन, अब तत्काल नेपाली नागरिकता पनि त्याग्नुस् । भारतीय नागरिकता लिनुस् र ‘रअ’को स्थायी कर्मचारी बनेर काठमाडौ बस्नुस् । किनकि तपाइ अब नेपाली रहिरहनुको अर्थ छैन् ।’
एकीन्द्र कुँवर लेख्छन्- ‘डा बाबुराम भट्टराईले भारत भक्ति प्रदर्शन गर्दै एमाओबादी पार्टी परित्याग गरे । अझ भन्नु पर्दा बाबुरामले ओढेको बाघको छाला कुहिएर आफ्नै स्याल स्वरुपमा फर्केका छन । बाबुरामको बास्तविक चरित्र उदाङ्गो हुन अनाहकमा १७ हजार मान्छेले बली चढ्नु पर्यो ।’
कलाकार दिपकराज गिरी लेख्छन्- ‘रावण सहि थिए वा गलत तर अत्यन्त बिषम परिस्थितिमा उनका भाइ बिभिषणले उनलाइ त्यागेकोले इतिहासमा सधै आलोचित बने । सन्दर्भः बाबुराम पार्टी परित्याग ।’
बसन्त भाट राई लेख्छन्- ‘बाबुराम एउटा पढे लेखेको मूर्ख बिद्वान हो, जस्ले अब धेरै दुख पाउछन । राधा कृष्ण मैनालीको दशा हुन्छ अब बाबुराम जी को । एक दिन यिनै बाबुराम नेपालमा राजा चाहिन्छ भन्छन ।’
केशवराज जोशी लेख्छन्- ‘बाबुराम पार्टी छोडेर भारत पो जाने होकी ? तर ख्याल गर्नु भविष्यमा नेपालमा राजनिति गर्छु भन्ने नेता यसको पछाडि नलाग्नु होला ।’
संगीतकार चेतन सापकोटा लेख्छन्- ‘आया राम गया राम बाबुराम जवाहरलाल नेरु स्कुलींग अन्ततः भारतकै पक्षमा बोल्दो रहेछ ।’
फेसबुकमा एमाओवादीकै नेता सरल भाट लेख्छन्- ‘एमाओवादी र भारतको लडाई । नतिजा एमाओवादीमा बिभाजन । तिमी चाहे जति पटक फोड्ने कोसिस गर तर माओवादी भारतसँग कदापी झुक्ने छैन ।’
कलाकार मनोज गजुरेल लेख्छन्- ‘भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न ।’ यी केही प्रतिक्रिया मात्रै हुन् । उसो त भारतपरस्तको आरोप खेप्दै आएका बाबुरामले भारतकै संकेतका आधारमा पार्टी छाडेको आरोप पनि लागेको छ । पार्टी छाडेर अहिले बाबुराम एक्ला भएका छन् । सबैले उनलाई गालि मात्रै गरिरहेका छन् ।
एक समय हाइ हाइ कमाएका बाबुराम अहिले राजनीतिमा ‘नाङ्गो’ भएका छन् । भोली दिनमा के गर्नेहुन् त्यो भने हेर्न बाँकी नै छ ।
dainiknepal.com