बम आक्रमण र झडपमा २४ को मृत्यु....एकपट पुरा समाचर पढ्नुहोस्
रमादी (इराक) । इराकको पश्चिमी प्रान्त अन्बारको विभिन्न स्थानमा शनिबार भएको बम आक्रमण, सेना र इस्लामिक स्टेट (आइएस) बीचको झडपमा परी कम्तीमा २४ व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय सुरक्षा स्रोतले आइतबार सो जनाकारी दिएको छ ।
आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सहर फाल्लुजाह सैनिकको सवारी साधननजिकै गरेको एक आक्रमणमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका नाम नबताउने शर्तमा एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन ।
यसैगरी इराकको राजधानी बग्दाददेिख ११० किलोमिटर पश्चिममा रहेका रमादी सहरको हुसेइबा अल सार्कियाह क्षेत्रमा सैनिक र आइएस लडाकूबीच भएको झडपमा पाँच आतङ्ककारी मारिनुको साथै ती आतङ्ककारीको एक सवारी साधानसमेत ध्वस्त भएको पनि सो स्रोतले जानकारी दिएको छ ।
यसैबीच फाल्लुजाहदेखि ठिक पश्चिममा रेहेको फलाहात क्षेत्रमा आइएस आतङ्ककारीसँग भएको झडपमा चार प्रहरीले ज्यान गुमाएका छन् ।
इराकको राजधानी बग्दादको ८० किलोमिटर पश्चिममा रहेको हब्बानियाह क्षेत्रमाअवस्थित एक प्रहरीचौकीमा भएको मोर्टास आक्रमणमा एक प्रहरीको मृत्यु हुनुको साथै पाँच घाइते भएका छन् ।
यसैबीच जोर्डनको सीमाक्षेत्रमा रहेको ट्रेबिलमा एक सैनिक सवारी साधानलाई लक्ष्यगरी गरिएको आक्रमणमा पाँच सुरक्षागार्डको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन् । रासस ÷सिन्ह्वा