मोटरसाइकलमा बम विस्फोट हुँदा ४ को मृत्यु .दर्जनौैं घाइते

असोज १२ , अफगानिस्तानको पूर्वको सिमाना पाक्टिका प्रान्तमा एक खेलका क्रममा भएको आक्रमणमा कम्तिमा
४  जनाको मृत्यु भएको छ ।








आक्रमणमा दर्जनौैं मानिस घाइते भएका छन् । पाकिस्तानसँगको सीमा क्षेत्रमा भएको उक्त आक्रमणमा परी बालबालिका पनि घाइते भएका छन् ।







भलिबल मैदानमा मोटरसाइकलमा विस्फोट भएको उक्त प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।
तर, उक्त समयमा कुन खेल भएको भन्ने खुलेको छैन । भलिबल, फुटबल वा क्रिकेट मध्ये एक खेल भइरहेको हुन सक्ने खबर आएको छ । विस्फोटको कुनै समूहले जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस