एसएसबीले नेपाली भूमिमा गोली चलायो, दुई सूरक्षाकर्मीसहित एक दर्जन भन्दा बढी घाईते
महोत्तरी, १ कात्तिक । गाईको मासु सहित नेपाल छिर्न लागेका भारतीय मुस्लिमलाई नियन्त्रणमा लिने क्रममा झडप भएपछि महोत्तरी स्थित नेपाल–भारत सीमा क्षेत्र समसीको पारी कन्हमामा भारती सुरक्षा बल (एसएसबी) ले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
भारतको बिहार राज्यमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेका एक भारतीय मुस्लिमलाई नियन्त्रणमा लिई मासु नष्ट गरेपछि भएको झडपका कारण एसएसबीले प्रदर्शनकारी माथि ४६ राउन्डभन्दा बढी गोली प्रहार गरेको बताइएको छ ।
करीब आधा घण्टासम्म चलेको दोहोरो झपडमा परी दुई सूरक्षाकर्मीसहित एक दर्जन भन्दा बढी भारतीय नागरिक घाईते भएका छन्। घाईतेहरुको उपचार स्थानीय स्तरमा भइरहेको छ। भारतमा गोली चलेको देखेर नेपाल प्रहरीले महोत्तरीको सम्सी नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ भने भारतीय तर्फबाट कुनै पनि नागरिकलाई नेपाल आगमनमा अहिले रोक लगाएको छ ।
यद्यपी नाका कडा पारिएको बताइए पनि एसएसबी विरुद्ध नेपाली मुस्लिमहरुले नाराबाजी गरेपछि एसएसबी नेपाल तर्फको दश गजा क्षेत्रमा रहेर प्रदर्शनकारी माथि गोली प्रहार गरेको जनाइएको छ ।