नेपालमा तेल दिएको भन्दै भारतले दियो चीनलाई यस्तो चेतावनी ! चिनले भन्यो -'वार्ता गरेर निर्णय गर्छौं'
बेइजिङ- तेल निर्यातको भारतीय एकाधिकार अन्त्य गर्दै नेपालले चीनसँग पहिलो तेल व्यापार सम्झौता गरेलगत्तै चीनले भारतसँग 'सौहार्द्धपूर्ण' वार्ता गरी भूपरिवेष्ठित देशलाई स्थिरता दिन तत्पर रहेको प्रतिक्रिया बुधबार दिएको छ। भारतसँगको सीमामा नाकाबन्दी गरिएपछि तेल संकटको चपेटामा परेको सन्दर्भमा चीनको यो प्रतिक्रिया आएको हो।
नेपालमा जारी संवैधानिक संकट समाधानका लागि नयाँदिल्ली र बेइजिङबीच पर्दापछाडि छलफल गर्ने सम्बन्धबारे सञ्चार माध्यमसँगको ब्रिफिङका क्रममा विदेश मन्त्रालयका प्रवक्ता लु काङले चीनका लागि भारत र नेपाल दुवै मैत्रीपूर्ण छिमेकी भएकाले क्षेत्रीय स्थायित्व र राज्य–राज्यबीचको दौंत्यसम्बन्ध कायम राख्न सबै सम्बन्धित सबै देश सँगै बसेर मित्रतापूर्ण विचारविमर्श गर्नुपर्ने र त्यसबाट सहमतिमा पुग्न सकिने बताए।
बेइजिङले नेपालमा जारी खाद्यान्न र तेल संकट समाधानका लागि तिब्बतसँगको नाका पुनः सञ्चालनमा ल्याएको बताउँदै उनले 'नेपाल मैत्रीपूर्ण मुलुक भएको र चीनले नेपालमा नयाँ संविधानपछिको घरेलु अवस्था स्थिर भएको हेर्न चाहेको' पनि बताए।
नयाँ संविधानको विरोधमा 'भारतीयमूलका मधेसी' को प्रदर्शनका कारण संकट सिर्जना भएकोमा नेपालको अनुरोधलाई विचार गरी भारतसँग संवाद गर्ने तथा आफूले पुर्याेउनुपर्ने सहयोगमा हरसम्भव प्रयास गर्ने लुले जनाए।
चीनका लागि नेपालका राजदूत महेश मास्केसहितको नेपाली प्रतिनिधिमण्डलले चीन सरकारसँग तेल आयात गर्ने सम्बन्धमा एमओयु (सम्झौतापत्र) मा हस्ताक्षर गरेको छ। यससँगै इन्डियन आयल कर्पोरेसनसँगको चार दशक लामो एकाधिकार तोडिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक अधिकारीले दक्षिणी सीमामा भएको नाकाबन्दीले सिर्जना गरेको कठोर संकट अन्त्य गर्न नेपालले चीनसँग तेल आयात गर्ने सम्बन्धमा सम्झौता गरेको बताए।

