२ बजेर २८ मिनेटमा भूकम्पको झट्का

२९ असोज, काठमाडौं ।

बैशाख १२ को भूकम्प भएको ५ महिना पुगिसक्दा पनि पराकम्प रोकिएका छैनन् । दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको परकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा परकम्प गएको छ ।


प्रतिक्रिया दिनुहोस