चीनले भन्यो- नेपालले मागे तेल सहित सबै सहयोग गर्न तयार
२९ असोज, काठमाडौं ।
चीनले भारतीय नाकाबन्दीले समस्यामा परेको नेपालका विषयमा पुनः मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नेपालले सहयोग मागेमा इन्धन लगायत सबै सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारेकी छिन् ।
शुक्रबार विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चुनयिङले नेपालसँगको सीमा नाका खुलेको र अव नेपालले मागेका सबै प्रकारका सहयोग दिन चीन तयार रहेको स्पष्ट पारिन् ।
भारतले नाकाबन्दी लगाएर नेपालमा इन्धन हाहाकार भैरहेको समयमा चीनले खुला हात बढाएपनि नेपाल सरकारले भने चीनसँग कुनै खाले सहयोग मागेको छैन ।
चिनियाँ राष्ट्रपतिको भारतलाई सन्देश- नेपाललाई नहेप (भिडियो सहित)
यस अघि चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि राष्ट्रसंघीय महासभामा समेत नेपालमाथि भारतले लगाएको नाकाबन्दीलाई लक्षित गर्दै साना राष्ट्रहरुलाई हेप्न नहुने बताएका थिए ।