आज ८० हजार सिलिन्डर ग्यास वितरण गरिँदै (कुन ग्यास कति सूचिसहित

काठमाडौं उपत्यकामा शनिबारका लागि ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो सामान्य अवस्थाको दैनिक खपतको तुलनामा दोब्बर परिमाण हो । उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ । यसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । आधा मात्रै ग्यास राख्ने हो ६६ बुलेटबाट १ लाख ६५ हजार सिलिन्डर भर्न सकिन्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । संघका अनुसार शुक्रबार साँझ र शनिबार रातिसम्म उपत्यकाका लागि ३२ बुलेट ग्यास आइपुग्नेछन् । भैरहवा नाकाबाट शुक्रबार दिउँसो २४ बुलेट ग्यास काठमाडौंका लागि हिँडेका छन् । ‘ती बुलेट साँझसम्म उपत्यका भित्रिसक्छन्,’ संघ अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘थप ८ बुलेट ग्यास पनि साँझ विभिन्न भन्सार नाका पार गरी काठमाडौंका लागि आउँछन् । ती बुलेट रातिसम्म उद्योगमा आइपुग्छन्    newspati.com

प्रतिक्रिया दिनुहोस