यस्तो छ नेपाल सिध्याउने "र"अ को रणनीति

२२ असोज, २०७२।



नाकाबन्दीबाट पनि नेपालीलाई गलाउन नसकेपछि भारतीय गुप्तचर निकाय ‘रअ’ले नेपालमा नयाँ रणनीति सुरु गरेको छ । सामाजिक सद्भाव बिगारेर नेपालीबीच नै भिडन्त गराई आफ्नो स्वार्थ पुरा गर्ने योजनामा लागेको छ ।



त्यही योजना अनुसार उसले नेपालका आफ्ना एजेन्टहरुलाई प्रयोग गर्न थालेको छ । जसअनुसार रुपन्देहीमा बुधबार पहाडी मुलुका युवकमाथि बर्बर आक्रमण भयो भने बुधबार नै काठमाडौमा दुतावासले जनजाती नेताहरुलाई बोलाएर गोप्य छलफल गरेको छ । तराईमा नियोजित रुपमा पहाडी र मधेसीबीचको सद्भाव बिगार्न भारतले भूमिका खेलिरहेको सूचना राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको छ । ‘यस्तो स्थिती आएमा अवस्था सुरक्षा निकायको नियन्त्रण बाहिर जान्छ र सयौंको हताहती हुन्छ सक्छ,’ अनुसन्धान विभागको रिपोर्टमा भनिएको छ । त्यसका लागि आफ्ना तलबी एजेन्टहरुलाई उसले प्रयोग गर्दै आएको छ ।

तराईमा मात्र भारतको ५ हजार एजेन्टहरु रहेको बताइन्छ । नेता, समाजसेवी, व्यवसायी तथा पत्रकारको आवरणमा त्यस्ता एजेन्टहरु सक्रिय छन् । काठमाडौंमा पनि धेरै एजेन्टहरुलाई त्यहीअनुसार भारतीय दुतावासले परिचालान गर्न थालेको छ । बुधबार जनजाती नेताहरुलाई दुतावासमा ढाकेर उसले जनजातीको आन्दोलन चर्काउन निर्देशन दिएको छ । त्यसका लागि आफुले जति पनि आर्थिक सहयोग गर्न तयार रहेको दुतावासका अधिकारीले बताएका थिए ।


जनजाती नेताहरु पासाङ शेर्पा, नेपाल बौद्ध महासंघका छेम्पे शेर्पा, लिम्बुवान पार्टीका खगेन्द्र मगर, महेन्द्र मगर तथा उग्र जनजाती नेता आङकाजी शेर्पा दुतावास छिरेका थिए । आङकाजी त लामो समयदेखि नै नेपालमा जातीय भिडन्त मच्चाउन सक्रिय भूमिका खेल्दै आएका छन् । आङकाजी जस्तो नेतालाई प्रयोग गरी भारतीय दुतावासले जनजातीको आन्दोलन चर्काउन खोजेको हो । तर बिदेशको एजेन्ट भएर देशमा भिडन्त मच्चाउन को को लाग्ने छन्, तिनीहरुलाई अब जनताले भने राम्रोसँग चिन्ने छन् । कांग्रेसका केही नेताहरुले त आफुहरु भारतको एजेन्ट भएको भन्दै गर्वसाथ मन्त्रीपरिषद्कै बैठकमा बताउन थालिसकेका छन् । सम्बोधन सप्ताहिकबाट।

प्रतिक्रिया दिनुहोस