भारतले नेपालमा गरेको नाकाबन्दीमा अमेरीकाले यसरी मुख फोर्यो, पुरा पढ्नुहोस् :-

काठमाडौँ, २२ असोज । अमेरीकाले नेपालमा भारतले नाकाबन्दी गरेको भन्दै एक सूचना जारी गरेको छ । राजधानीको महाराजगञ्ज स्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा नेपालमा भारतले नाकाबन्दी गरेका कारण आफ्ना नागरिकलाई शर्तक हुन आग्रह गरिएको छ ।




अमेरिकी नागरिकहरुका लागि जारी गरिएको ट्राभल एड्भाइजरी’मा भारतीय सीमामा नाकाबन्दी गरिएको भन्दै प्रष्ट शव्दमा उल्लेख छ ।  भारत सरकारले अहिलेसम्म नाकाबन्दी भनेर नस्विकारी नेपालको जनजीवनलाई नै कष्टप्रद बनाइदिएको छ ।

जुन कुरालाई युरोपेली युनियनले पनि नाकाबन्दी भएको भन्ने शव्द प्रयोग नगरी नेपालमाथि आइपरेका मानवीय संकटमा सघाउन आफुहरु तयार रहेको जनाउ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस