विराटनगरमा बन्दकर्तालाई व्‍यापारीले लखेटे !

व्‍यापारी र बन्दकर्ताबीच झडप भएपछि तत्‍कालै प्रहरी आएर बन्दकर्तालाई महावीर चोकमा पुर्‍याएर तितरबितर पारेका छन्। प्रहरीले बन्द गराउँदै हिड्ने मधेसी जनअधिकार फोरम मोरङका अध्‍यक्ष राजकुमार यादव, तमलोपा मोरङका अध्‍यक्ष मोहमद कवीरलाई प्रकाउ गरेका छन्।


प्रहरी र व्‍यापारीले लखेटेपछि महावीर चोकमा धर्नामा बस्न खोजेका  मोरचाका कार्यकर्तालाई प्रहरीले त्‍यहाबाट पनि तितरबितर पारेका छन्। यसरी विराटनगरस्थित जोगबनी नाकाबाट बुधबार एउटा पनि मालबाहक तथा पेट्रोलियम ट्‍यांकरहरु भित्रिएका छैनन्।
यता, विराटनगर भन्सार कार्यालयले यसअघि आएका गाडीहरुलाई भने भन्‍सारको यार्डबाटै धमाधम खाली गराइरहेका छन्

प्रतिक्रिया दिनुहोस