यस्तो अवस्थामा प्रचण्ड बन्न सक्छन् प्रधानमन्त्री
असोज ३ मा नयाँ संविधान पाएको देश अव एक छिट्टै नयाँ प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख समेत पाउने संघारमा छ । शुक्रबार देखि शुरु हुने हिउँदे अधिवेशनले देशलाई नयाँ प्रधानमन्त्री सहित सम्पूर्ण विशिष्ठ पदमा नयाँ ब्यक्तिलाई आसिन बनाउने छ ।
मोदीको इगो र धरापमा ओलीको सिंहदरवार यात्रा !
सभामुख सुवास चन्द्र नेम्वाङ्गले शुक्रबार देखि बस्ने व्यवस्थापिका संसदको बैठकले कामचलाउ नियमावली बताएर प्रधानमन्त्री, सभामुख र राष्ट्रपति, उपराष्ट्रपति लगाएतको निर्वाचन प्रक्रिया सुरु गर्ने बताएका छन् । शुक्रबार देखिको बैठकमा कामचलाउ नियमावली पास गराएर निर्वाचनको प्रक्रिया अघि बढाउने तयारी गरेको उनले बताए ।
रोल नम्बर १- ओली
आगामी सरकारको सरकारको नेतृत्वमा सबै भन्दा बढि संभावना केपी ओलीकै छ । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वमा सरकार बनाउँदा दुई दलबीच भएको ७ बूँदे र प्रमुख चार दलबीच भएको १६ बूँदे सहमतिका आधारमा अबको सरकार सयुक्त हुने र सांकेतिक रुपमा नेतृत्व आफूले लिने बताउँदै आएका छन् ।
१६ बूँदे सहमति निर्माण गर्दा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा तत्कालीन चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताबीच ‘भद्र सहमति’ भएको भन्ने गरिएको छ । राजनीतिमा भद्र सहमति कुन बेला तोडिन्छ भन्न सकिन्न । ओलीको सिंहदरबार यात्रा सहज हुन कांग्रेसको समर्थन अत्यावश्यक छ । पछिल्ला गतिविधी हेर्दा लाग्छ कांग्रेस सहजै एमालेलाई नेतृत्व दिने पक्षमा देखिन्न । कांग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री हुन दौडधुप शुरु गरिसकेका छन् ।
नेपालमा भारतीय आशिर्वाद नभइ प्रधानमन्त्री बन्न कठिन रहेको र बने टिक्न कठिन रहेको बताइन्छ । सत्तामा जान तयार भएका ओली नेपालको सत्तामा जान भर्याङकोरुपमा चाहिने भारतीविरुद्ध खुलेर बोलिरहेका छन् । ओलीले नेपालको संविधानमा अनावश्यक चासो नलिन भारतलाई चेतावनी दिइरहेका मात्र छैनन् भारतले विशेष दृष्टि राखेको मधेश आन्दोललाई पनि अस्वीकार गर्दै आएका छन् । भारतप्रति रुखो रबैया अपनाएका ओलीले संविधान बन्नु अघि नै भारतमा आफ्ना विशेष दुत पठाएर वातावरण सकारात्मक बनाउने प्रयास गरेपनि त्यो अपेक्षित सफल नभएको उनका दुतले नेपाल आएर दिइरहेका अभिब्यक्तिले पुष्टी गर्छ ।
सम्भावित कांग्रेस एमाले झगडा
प्रधानमन्त्रीको चयन वा निर्वाचनको शुरुवातसँगै कांग्रेस एमालेबीच चर्कै झगडा पर्ने निश्चित छ । भारतीय नाकाबन्दी विरुद्ध चुइँक्क सम्म नबोलेका कांग्रेसी प्रधामन्त्री र अन्य नेताहरु सत्तामा कायमै रहने दाउमा छन् । जुन एमालेसँग झगडा पर्ने पहिलो कारण हो । कांग्रेसँग झगडा परेपछि एमाओवादीसँग गठबन्धन एमालेको पहिलो विकल्प हो तर त्यसले ओलीलाई प्रधानमन्त्री बनाउने मार्ग प्रशस्त गर्न सक्दैन । कांग्रेसलाई छोडेर सत्तामा जान एमालेलाई एमाओवादी बाहेक अन्य दलको समेत समर्थन आवश्यक पर्छ र बहुपक्षीय समर्थनमा बन्ने सरकार कमजोर हुने निश्चित छ । कांग्रेस र एमाओवादीको गठबन्धन बन्ने र एमाले बाहिर बस्ने सम्भावना कम देखिन्छ । किन भने पछिल्लो समयमा एमाओवादी र एमाले नजिक छन् भने कांग्रेस टाढा छ । ओली र प्रचण्डको विशेष सम्बन्धले पनि यो सम्भावनालाई कम बनाइदिएको छ ।
अन्तिम विकल्प प्रचण्ड
केही समयतमा आफ्नो सार्वजनिक छविमा उल्लेखनीय सुधार गरेका प्रचण्डले पनि प्रधानमन्त्री दौडमा छन् भन्दा अपत्यारिलो लाग्न सक्दछ तर जानकारहरुले यसको संभावनालाई इन्कार गरेका छैनन् । एउटा खास परिस्थितिमा प्रचण्ड पुन: एक पटक नेपालको प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ ।
ओलीलाई प्रधानमन्त्री बन्न अवरोध भएको अवस्थामा प्रचण्डको सम्भावना आउन सक्छ । ओली पनि नबन्ने र एमालेले पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न इन्कार गर्ने अवस्था आए प्रचण्डले बाजी मार्न सक्ने कतिपयको अनुमान छ ।
हजारौंलाई भावुक बनाउँदै प्रचण्डले भने- अब म मरेपनि फरक पर्दैन
यो सम्भावना पटक्कै नकार्न किन सकिन्न भने पहिलो संविधानसभा गठन पछि बनेका २ सरकारमा तेश्रो शक्तिमा रहेको एमालेले २ पटक सम्म प्रधानमन्त्री पद पाएको थियो । तेश्रो शक्ति रहेको एमालेका माधव नेपाल र झलनाथ खनाल पालै पालो प्रधानमन्त्री बनेका थिए ।
एउटा सम्बोधनले प्रचण्ड रातारात हिरो
पछिल्लो समयमा राष्ट्रिय राजनीतिको केन्द्रीय ब्यक्तित्वकोरुपमा रहेका र धेरै मानिसको आँखामा लोकप्रिय बन्न सफल भएका प्रचण्डको ब्यक्तिगत छविले पनि यो सम्भावना बढाउन सक्ने कतिपयको अनुमान छ । गिरिजा प्रसाद कोइरालापछि राजनीतिक समझदारी गर्न र गराउन सक्ने एक मात्र नेताकोरुपमा रहेका प्रचण्ड कांग्रेस एमालेको झगडा नमिल्दा र अन्य विभिन्न विकल्प असफल भएमा अन्तिम विकल्पकोरुपमा प्रधानमन्त्री बन्ने अनुमान केवल अनुमान मात्र हुन्छ कि सही हुन्छ त्यो भने समयले नै देखाउला ।