Feature,
News
»
नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै मोदीले थर्काएपछि
नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै मोदीले थर्काएपछि
काठमाडौं, ४ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव छन् अर्जुनबहादुर थापा । उनको
नागरिकता नेपाली नै छ । नेपालको परराष्ट्र सेवामा लामो समय काम गरेर खारिएका कूटनीतिक भनेर चिनिने उनी पछिल्लो दिनमा भने भारतको असली कारिन्दा बनेको भन्दै सार्क सचिवालय समेत आश्चर्यमा परेको छ । सार्कको अध्यक्ष नेपाल हो । गत मङ्सिरमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलन पछि नेपाल अध्यक्षमा निर्वाचित भएको हो । भारतलगायत दक्षिण एशियाका आठ मुलुक यसका सदस्य छन् । भारतले नेपालमा अमानवीय तवरले नाकाबन्दी गरेको छ । तर नाकाबन्दी आफूलाई थाहा नभएको भन्दै उनी आफ्ना निकटस्थहरूसँग गुनामिना गर्दै बस्ने गरेका छन् । भारतले नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै थापालाई दिल्ली बोलाएर थर्काएपछि थापा आफूलाई नाकाबन्दी बारे थाहा नभएको बताएर पन्छने गरेका छन् । सार्क सचिवालयमा बसेर नेपालको सबै सूचना भारतीय दूतावासलाई दिने गरेको सचिवालयका एक निर्देशकले नाम उल्लेख नगर्ने शर्तमा बताए । सार्कको अध्यक्ष भएको नाताले नेपालको नाकाबन्दी बारे महासचिव थापाले प्रभावकारी रूपमा अन्तर्राष्ट्रियकरण गर्न सक्थे, तर उनले केही पनि गरेका छैनन् । सार्क सचिवालय पनि त्यति नआउने, नाकाबन्दी बारे चासो पनि नराख्ने एवम् आए पनि सचिवालयमा प्राप्त भएका सूचना सबै लैनचौर पु¥याउने गरेको भन्दै बालुवाटार र परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले महासचिव थापाको गलत धन्दाले मुलुकको साख गिरेको भन्दै कारबाही गर्नुपर्नेसम्मको आशय व्यक्त गर्न थालेका छन् । हाल मलेसियाका लागि नेपाली राजदूत रहेका तत्कालीन परराष्ट्र मन्त्रालयका सहसचिव निरन्जनमानसिंह बस्न्यातलाई कपट गरेर राजदूत बनाउन मलेसिया लखेटेपछि थापा महासचिव बन्न सफल भएका थिए । कुनै योग्यता र क्षमता भन्दा पनि चाकडी र चाप्लुसीमा माहिर रहेका थापाले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र तत्कालीन परराष्ट्रमन्त्री माधव घिमिरेलाई मोटो रकम बुझाएर सो पद पड्काएका थिए । arjun-bahadur-thapa अर्जुनबहादुर थापा रोलक्रममा रहेका बस्न्यातलाई हटाएर आफू एकछत्र रूपमा महासचिव बनेका थापाको गतिविधि भारतलाई सहयोग गर्ने खालको देखिएपछि सार्क सचिवालयमा निर्देशक र कर्मचारी समेत आश्चर्यमा परेका छन् । सार्क अध्यक्ष भएको र भारत सदस्य मात्रै रहेको अवस्थामा महासचिव र सचिवालयको भूमिका महत्वपूर्ण एवम् प्रभावकारी हुनुपर्ने हो । तर उनले आफूलाई नाकाबन्दी बारे थाहा नभएको भन्दै पन्छने गरेपछि नेपालको कूटनीतिक प्रयास फितलो भएको छ । चीनले समेत सार्कमार्फत भारतको गलत धन्दालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने सुझाव दिंदै आएको बुझिएको छ । नेपालले भारतको ज्यादती सार्कमार्फत अगाडि बढाए आफूहरू साथ दिन तयार रहेको पाकिस्तान र बंगलादेशले समेत बताउँदै आएका छन् । तर महासचिव थापा भने आफूलाई केही पनि जानकारी नभएको, सरकारले नभनेको भन्दै आफू बाबुसाहेव जसरी बस्ने गरेका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।