विद्यालय सञ्चालकलाई भारतीय राजदूतले भने, ‘तेल कहाँ बाँडियो खोजी गर्नुस्’

मंसिर १, २०७२- भारतीय राजदुत रञ्जित रायले विभिन्न नाकाबाट तेल भित्रिएपनि विद्यालयले नपाएपछि खोजी गर्न विद्यालय सञ्चालकहरुलाई उक्साएका छन् ।

नाकाबन्दीले ७० लाख विद्यार्थीले पढनबाट बञ्चित भएको भन्दै निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सनका पदाधिकारी मंगलबार नाकाबन्दीले शैक्षिक क्षेत्रमा परेको असरको बारेमा जानकारी गराउन भारतीय दुतावासमा गएका थिए ।
‘पछिल्लो केही दिनमा तीन सय ट्याङकर तेल भित्रिएको छ । तेल आउदा पनि विद्यालयले किन पाएन ? कहाँ गयो ? खोजी गर्नुस्,’रायले एक पत्रिका उल्लेख भएको तथ्याङक देखाउदै भनेको भनाई उद्धित गर्दै प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले भने,‘सिमाअवरोधले नेपालमा पारेको असरका बारेमा आफुलाई अवगत भएको र आन्तरिक समस्या हल भए भारतबाटसमस्या हुदैन ।’
 
महासचिव डीके ढुङगानाले  भारतबाट ल्याइएको इन्धन सरकारले स्कुल बसलाई नदिएर विद्यार्थीको भविष्यमाथी नै खेलबाड गरेको बताए । बालबालिकाको पढ्न पाउने अधिकार सुरक्षित गर्नु पर्ने उनले बताए ।
मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीले सिर्जना गरेको इन्धन संकटले अहिले खुलेका विद्यालय एक हप्ता चलाउन पनि गाह्रो भएको उनले बताए । महासचिव ढुंगानाले सरकारले अस्पताल जस्तै विद्यालयाई पनि इन्धन उपलब्ध गराई दिन आग्रह गरे । इन्धन उपलब्ध नभएपनि विद्यालय निर्वाध रुपमा खुल्ने प्याब्सनले जनाएको छ ।
मधेशमा बन्द रहेको शिक्षण संस्था खोल्न तत्काल छलफल गर्ने ढुङगानाले बताए । ‘शैक्षिक क्षेत्रमा परेको समस्या सरकारी निकाय र अन्तराष्ट्रिय स्तरमा समेत जानकारी गराउछौ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस