भरतपुरमा एमाले उम्मेदवार देबी ज्ञवालीलाई हराउन काँग्रेस–माओवादीले बनाउदै छन् यस्तो मास्टर प्लान्



काठमाडौं, २१ जेठ । चितवनको भरतपुर महानगरपालिका–१९ मा हुने पुनः मतदानबाट मेयरमा रेणु दाहाललाई जिताउन काँग्रेस–माओवादी केन्द्रले नयाँ रणनीति बनाएका छन् ।
दुई पार्टीले जसरी पनि रेणु जिताउने भन्दै संयुक्त अभियान थालेका हुन् । आइतबार बसेको दुवै पार्टीको संयुक्त जिल्ला समिति बैठकले कुनै पनि मूल्यमा रेणुलाई विजयी गराउने निर्णय गरेको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार माओवादी केन्द्रले उक्त वडामा वडा अध्यक्षको उम्मेदवारी फिर्ता लिएर काँग्रेसलाई सघाउनेछ । यसअघि मेयर र उपमेयरमा तालमेल गरे पनि काँग्रेस–माओवादी वडाहरुमा भने एक्लै भिडेका थिए । वडामा तालमेल मिलाउन नसक्दा भोट कम आएको र कतिपय असन्तुष्टले एमाले उम्मेदवार देबी ज्ञवालीलाई मत दिएको भन्दै ती दलले यसपटक आफ्नो भोट एमालेमा जान नदिन त्यस्तो निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस