बलात्कारी बाबा राम रहिमकी ‘छोरी’ हनीप्रीतको हत्या ? आखिर के हो वास्तविकता

चण्डीगढ । केहि समय अघि भारतका राम रहिम गुरु बलात्कार अभियोगमा २० वर्षको जेल सजाय काटिरहेछन् | यिनै रहिमकि छोरी हनीप्रीतको हत्या गरिएको भारतीय इन्टेलिजेन्स ब्युरोले आशंका गरेको छ । इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत लामो समयसम्म नभेटिएपछि उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ । हनीप्रीतलाई बाबाका धेरै रहस्यहरुबारे जानकारी भएकोले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । बाबा राम रहीम जेल गएसँगै हनीप्रीत बेपत्ता छिन् । प्रहरीले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनलाई भेट्न सकिएको छैन । उनीविरुद्ध बाबालाई अदालतबाटै भगाउन खोजेको र शहरमा दंगा भड्काएको आरोप छ । हनीप्रीत बाबाको निकै नजिक भएको हुँदा उनी पक्राउ परेमा बाबाका कैयौं रहस्य खुल्ने डरले उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले बाबा जेल गएदेखि नै हनीप्रीतको निरन्तर खोजी गरिरहेको छ । तर, अनेकौं ठाउँमा छापा मार्दा पनि उनलाई भेट्टाउन भने सकेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस