धमाधम सरकारले थाल्यो सिन्डिकेटको दादागिरीको अत्य गर्ने काम : पुरानो बसपार्कदेखि नयाँ बसपार्क चल्ने २६ वटा माइक्रोको रुट परमिट खारेज

काठमाडौँ – नयाँ बसपार्कदेखि पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको सवारी इजाजत खारेज भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार उक्त रुटका २६ माइक्रोको इजाजत खारेज गरेको हो।


सिन्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै यातायात व्यवसायीहरूले आन्दोलन स्वरुप शुक्रबार सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका छन्।
आन्दोलनको समर्थन गरी माइक्रो नचलाउनेहरूको रुट परमिट खारेज भएको हो। सवारी इजाजत खारेज भएका माइक्रोहरू नयाँबसपार्कदेखि गोंगबु,सामाखुसी, लैनचौर रत्नपार्क सुनधारा रुटमा चल्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस