बुटवलका ठाउँ–ठाउँमा नक्कली बमको आतंक

बुटवल, २२ बैशाख । बुटवलका विभिन्न स्थानमा राखिएका नक्कली बम का कारण जनताहरु त्रसित बनेका छन । बुटवलको गोलपार्क, रामनगर, तिनाउ पुलमा अज्ञात समुहले नक्कली बमहरु राखेको हल्ला फैलिएपछि जनताहरु त्रसित बनेका छन ।

गोलपार्कमा मुख्यमन्त्रीको कार्यालय नजिकै रहेको स्थानमा प्लाष्टिकका माटो राखेर बम भन्दै हल्ला फैलाएपछि प्रहरीले घटना स्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले माटो, चक्लेटका कागजहरु मात्र प्लाष्टिकका नभएको र बमको हल्ला निराधार रहेको पुष्टि ग¥यो । लगत्तै रामनगर प्रदर्शनी स्थलमा पनि नक्कली बम भेटिएको सूचना पाएको प्रहरीले सोही स्थानमा पुगेर डिष्पोजको तयारी गरेको छ । २२ नम्बर बाहिनीको डिष्पोजल टोली घटना स्थलमा आउन थालेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशव भटटराईले बम राखिएको भनी सूचना आउनसाथ घटना स्थलमा पुगेको उनले बताए ।
यता बुटवलको तिनाउ पुलमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा नक्कली बम फेला परेको छ । अहिले उक्त स्थानलाई प्रहरीले घेरा हालेर डिष्पिजको तयारी समेत गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले आबह्न गरेको नेपाल बन्दमा नक्कली बमको हल्ला फैलाएपछि प्रहरी बुटवलका चोक चोकमा सुरक्षा व्यवस्था कडा पारेको छ । बन्दको आबह्न भएपनि बन्दकर्ताहरु सडकमा भने देखा परेका छैनन । फाटफुट निजी सवारी साधन चलेपनि सार्वजनिक सवारी साधन, बजार, उद्योग, स्कुल सवै ठप्प छन ।

प्रतिक्रिया दिनुहोस