ओली प्रधानमन्त्री भएपछि भारतीय मिडिया

भारतले रोक्न चाहेको भनिएका र भारतविरुद्ध बोलेर दिल्लीलाई चिढ्याएका भनेर चर्चामा रहेका केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बनेपछि भारतीय मिडियामा पनि हेडलाइन बनेका छन् ।

नेपालमा भारतीय हस्तक्षेपले हारेको अर्को एक दिन !









यस अघि भारतीय मिडियामा केपी शर्मा ‌‌ओलीलाई प्रधानमन्त्री बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन रहेको दावीसहितका विभिन्न रिपोर्ट प्रकाशित गरेका थिए । चीनले नेपालको संविधान बनाउनका लागि मुख्य भूमिका खेलेको र ओलीलाई चीनले नै प्रधानमन्त्री बनाउन लागेको भन्ने मिडिया रिपोर्टले भारतमा प्रधानता पाएका थिए ।


ओलीलाई चीनको समर्थन, भारतलाई खतरा – भारतीय मिडिया

ओली चीनको समर्थनमा प्रधानमन्त्री बन्न लागेको भन्दै भाइरल बनेको रिपोर्ट



नेपालमा हेर्न प्रतिबन्ध लगाइएको यो भिडियो हेर्न भारत लगायत अन्य देशको लोकेसन राखेर लग इन गर्नु पर्छ




ओली प्रधानमन्त्री बनेपछि भने भारतीय मिडियामा चीनसँग जोडेर कुनै समाचार आएका छैनन् । भारतीय मिडियामा ओलीले प्रधानमन्त्री कोइरालालाई पराजित गरेर विस्थापित गरेको र उनी प्रधानमन्त्री बनेको समयमा मधेशमा आन्दोलन तथा सीमाक्षेत्रमा आपुर्ति बन्द भएको अवस्थाको उल्लेख गरेका छन् ।



टाइम्स अफ इण्डियाले ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाइ दिएको उल्लेख गरेको छ । टाइम्स अफ इण्डियामा पनि मधेशमा आन्दोलन रहेको र राजनीतिक समस्याकाबीच भारतीय नाकाबन्दी समेत जारी रहेको समयमा ओली प्रधानमन्त्री बनेकोकुरालाई महत्वका साथ प्रकाशित गरिएको छ ।






मोदीले ओलीलाई फोन गरेर नेपाल र भारतबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास ब्यक्त गरेको पनि टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ ।



विश्व चर्चित सञ्चार माध्यम अलजजिराले पनि ओलीको प्रधानमन्त्री चयनलाई हेडलाइन बनाएको छ । देशमा राजनीतिक तनाव, नाकाबन्दी र हालै गएको भूकम्पका प्रभाव कायमै रहेको समयमा प्रधानमन्त्री बनेका ओलीलाई चुनौतीको पहाड रहेको उक्त समाचारमा उल्लेख छ ।



आफूमाथि मधेशी, थारु र अन्य समुदायप्रति असहिष्णु रहेको आरोप लाग्ने गरेको र त्यसलाई ब्यवहारबाटै गलत सावित गर्दिने भन्दै ओलीले गरेको भाषणलाई पनि अलजजिराले महत्व दिएको छ ।

हिन्दुस्तान टाइम्स भन्छः ओली भारतको चासो बेवास्ता गर्ने मध्ये १ थिए

नेपालबारे आक्रामक सामग्री प्रकाशित गर्दै आएको हिन्दुस्तान टाइम्समा भने नेपाली पत्रकार प्रशान्त झाले लेखेको समाचारमा भारतले संविधानमा देखाएको चासोलाई वेवास्ता गर्ने मध्येका एक रहेका ओली प्रधानमन्त्री बनेपछि पनि भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक निकाशमा जोड दिएको दावी गरेको छ । मोदीले ओलीलाई बधाइ दिँदा बधाइ मात्र नभएर राजनीतिक समाधानका लागि दवाव समेत दिएको उसले खुलासा गरेको छ ।


मोदीले बधाइ दिँदा निक्कै सजकतापूर्वक दिएको मधेशी थारु लगायतका आन्दोलनरत समुदालाई पनि स्वीकार्य हुने संविधान बनाउन दवाव दिएको खुलासा हिन्दुस्तान टाइम्सले गरेको छ । आफूले गरेको आग्रह स्वीकार नभए सम्म भारतले दवाव दिन नछोड्ने पनि यो समाचारको दावी छ ।

प्रतिक्रिया दिनुहोस