मधेशी मोर्चामा आबद्ध आतंककारीहरुले राजमार्गको पुल भत्काउने, विारामी सकितको एम्बुलेन्समा प्रहार गर्ने गरेपछि तराइमा शेना परिचालन गरिँदै !
काठमाडौंलाई झुकाउने नाममा सीमा र राजमार्ग अवरोध गर्दै भइरहेको आन्दोलन थप अराजक भएपछि सरकारले सोही योजनाअनुरुप आइतबारबाट नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ । यसअघि दुईपटक बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सेना परिचालनको मोडालिटीसम्बन्धी विस्तृत छलफलमा एकै पटक सेना खटाउँदा अनावश्यक विवाद हुन सक्ने निष्कर्ष निकाल्दै एकीकृत रणनीति कार्यान्यवयनमा ल्याई छोटो अवधिका लागि गृहमातहतका सुरक्षा संगठनलाई परिचालन गर्ने र दोस्रो चरणमा सेना खटाउने गरी सरकारले रणनीति कार्यान्वयनमा ल्याएको हो ।
आजको नागरिक दैनिकका अनुसार गृहले मधेस आन्दोलनपछि बढेको सुरक्षा चुनौतीबारे अध्ययन गर्न राष्ट्रिय अनुसन्धान विभागका एआइजी देवराज भट्टको संयोजकत्वमा गृहका अधिकारीसहित नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि रहेको समिति गठन गरेको थियो, आजको नागरिक दैनिकमा खबर छ ।