असोज ३ गते घरघरमा दिपावली र विजयीउत्सव मनाउन प्रमुख तीन दलको आग्रह

काठमाडौं, ३० भदौ– असोज ३ गते नेपालको नयाँ संविधान २०७२ को घोषणा हुने भएपछि दलहरुले विजयीउत्सव मनाउन नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।


असोज ३ गते साँझ ५ बजे नेपालको नयाँ संविधान घोषणा हुने र त्यो दिन नेपाल र नेपाली नागरिकहरुका लागि ऐतिहासिक हुने भन्दै प्रमुख तीन दलका शीर्ष नेताहरुले विज्ञप्ति निकालेर आग्ह गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत माओवादीका अध्यक्षहरुले विज्ञप्ति जारि गरि यस्तो आग्रह गरेका हुन् । नेपालको नयाँ संविधान २०७२ बहुमतले पारित गरेको छ ।


राप्रपा नेपालले भने नयाँ संविधानका विपक्षमा मतदान गरेको थियो भने ४ जना सभासद् बैठकमा उपस्थित भएनन् । नयाँ संविधानका सबै धारा पारित भएसँगै नयाँ संविधान बन्ने पक्का भएको हो ।

आजको संविधानसभाको बैठकमा उपस्थित ५ सय ३२ सभासद्मध्ये ५ सय ७ सभासदे संविधानको पक्षमा मत जाहेर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस